पार्टीगत आधारमा जग्गा वितरण नगर्न मन्त्री तुम्बाहाङ्फेको निर्देशन

डिसी नेपाल
५ वैशाख २०७८ १५:१६
120
Shares

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले यो पार्टी वा त्यो पार्टी नभनी कोही पनि भूमिहीन नछुट्ने गरी जग्गा वितरण गर्न निर्देशन दिएकी छन्। आइतबार भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा आयोजित बार्सिकोत्सब कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले यो पार्टी वा त्यो पार्टीको नाममा जग्गा वितरण भइरहेको गुनासो सुनकोले त्यस्तो नगर्न नगराउन निर्देशन दिएकी हुन्।

उनले भनिन्, “कम्यूनिष्टको मात्रै गर्यो भन्ने किसिमका गुनासो र रिपोर्ट सुनेकी छु। आवास नभएका भूमिहीनहरु कोही पनि नछुट्ने गरी काम गर्नुहोस्। कुनै यो दल वा त्यो दलको आधारमा होइन्।”

मन्त्री तुम्बाहाङ्फेले कानुनभन्दा बाहिर गएर काम कारबाही गर्ने जो कोहीलाई कानुन अनुसार दण्ड सजाय दिइने चेतावनी दिइन्। ‘ऐनविपरित जानुभयो भने कानुनी दायराभित्र आउनुपर्छ। कुनै पनि भूमिहीनहरु जग्गाधनी बन्नबाट नछुटोस, कोही पनि घरबार भएकाहरुले जग्गा नपओस। यदि कानुन विपरित कोही प्रचलित ऐन बमोजिम दण्ड सजाय दिइने छ,” उनले भनिन। उनले छुटेका पालिका तथा स्थानिय तहलाई छिटो समेट्न र सम्बोधन गर्न निर्देशन दिइन्।

यस्तै मन्त्री तुम्बाहाङ्फेले धेरै भूमिहीनहरुको नागरिकता पनि नभएको बताउँदै उनीहरुलाई पहिले नागरिकता लिन सहजीकरण गर्नुपर्नेमा जोड दिइन्। भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत रहन र त्यस्ता समुहबाट टाढै रहन उनले सबैलाई निर्देशन दिइन्। कोही पनि अधिकारबाट बञ्चित नहोस भन्नेतर्फ सबैले ध्यान दिनु पर्ने उनको भनाइ छ।

विभिन्न चुनौतीको सामना गर्दै भूमि आयोगले एक वर्षमा गरेको काम प्रशंसायिन रहेको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै आयोगका केन्द्रीय अध्यक्ष देविप्रसाद ज्ञवालीले काठमाडौं उपत्यकामा बाहिरबाट आएकाहरुलाई मात्रै जग्गा वितरण गरिएको गुनासो आएको बताए। काठमाडौंका धेरै बासिन्दाहरु पनि भूमिहीन रहेको बताउँदै उनले उनीहरुलाई पनि उचित तरिकाले समेट्नु पर्नेमा जोड दिए। कार्यलय नभएको अवस्थाबाट सुरु गरिएको भूमि आयोगले एक वर्षसम्म राम्रो काम गरेको उनले बताए।

ज्ञवालीले साधन स्रोतको अभाव रहेकोले त्यस्ता समस्या समाधान गर्न आगामी बजेटमा व्यवस्था हुनुपर्ने माग राखेका थिए। बजेट बनीरहेकोले यस्ता समस्या समाधान हुनेमा आशावादी रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.