नेपाललाई तेस्रो सफलता

डिसी नेपाल
६ वैशाख २०७८ १३:५५
76
Shares

काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले सातौँ ओभरमा तेस्रो विकेट गुमाएको हो । मलेसियाका विरन्दीप सिंह ११ बलमा ६ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीले बोल्ड गराए । यसअघि मलेसियाले ३.१ ओभरमा दोस्रो विकेट गुमाएको हो । मलेसियाका अहमद फैज रन आउट भए । उनी ५ बलमा ३ रन बनाएर आउट भए । यस्तै त्यो भन्दा पहिला मलेसियाका अनवर अरुद्दिन ८ रन बनाएर आउट भए । उनी करण केसीको बलमा विकेटकिपर बिनोद भण्डारीको हातबाट क्याच भए । सातँौ ओभरको खेल सकिँदा मलेसियाले ४५ रन बनाएर ३ विकेट गुमाएको छ ।

जारी सिरिजमा नेपालले एक खेल खेलेको छ । नेदरल्याण्डसँग पहिलो खेल खेलेको नेपालले शानदार जित हासिल गरको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *