कोरोना सङ्क्रमणबाट दाङकी महिलाको बाकेँमा मृत्यु
सांकेतिक तस्वीर
बाँके । कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–६ की २० वर्षीया महिलाको उपचारका क्रममा आज बाँकेको भेरी अस्पतालमा मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका कोरोना स्रोत व्यक्ति बिमल केसीले जानकारी दिए। उनलाई गत चैत ३० गते कारोना सङ्क्रमण पुष्टि भएको थियो।
उनको अढाइ महिनाको नवजात शिशु रहेको छ। उनका सासु आमा र भाईलाई पनि कोरोना सङ्क्रमण देखिएको छ। उनका भाईलाई कोरोना विशेष अस्पताल बेलझुण्डि दाङ र सासु आमाको भेरी अस्पताल बाकेमा भर्ना गरिएको स्रोत व्यक्ति केसीले जानकारी दिए।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment