कर्णाली करिडोरको अनुगमन
फाइल फाेटाे
सिमकोट। भौतिक विकास तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको अनुगमन गरेका छन्। मन्त्री नेम्बाङले कर्णाली करिडोरको सडक आयोजनामार्फत जिल्ला सदरमुकाम सिमकोट पुर्याउने कुरामा बजेटको कुनै समस्या नभएको बताए। सरकारले सिमकोटमा गाडी पुर्याउन निकै प्राथमिकता दिएको उल्लेख गर्दै उनले सडकलाई यथाशक्य पु¥याउनको लागि आफू स्थलगत अनुगमनका लागि हुम्ला आएको बताए।
कर्णाली करिडोरको बाँकी काम नेपाली सेनालाई दिम्मा दिन जिल्लाका दलले सरकारलाई आग्रह गरेका छन्। राष्ट्रिय सडक सञ्जालमा नजोडिएको सिमकोटसम्म ट्रयाक खोल्ने जिम्मा तत्काल नेपाली सेनालाई दिन हुम्लाका सम्पूर्ण राजनीतिक दलहरुले आग्रह गरेका थिए। लामो समयदेखि हुम्लालाई सडक सञ्जालमा जोड्ने कुरा उठाए पनि काम निकै सुस्त भएको उल्लेख गर्दै जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुले सरकारसँग आग्रह गरेका हुन्। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment