बालुवाटारमा प्रधानमन्त्रीले विशेष पूजाआजा गरेर चितवन पठाए राम-सीताका मूर्ति (फाेटाेफिचर)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्वकासाथ चितवनको माडीस्थित अयोध्यापुरीमा मूर्ति प्रतिस्ठापन गर्न काठमाडौंबाट मूर्तिलाई विदाई गरेका छन्। मंगलबार विहानै प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट भगवान राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिलाई बाजा गाजा सहित विदाई गरे।

माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री ओलीको व्यक्तिगत सहयोगमा यी मूर्तिहरु तयार भएका हुन्। प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति तयार गरेर बालुवाटारमा राखिएको थियो। मूर्तिहरूलाई विशेषा पूजाआजा गरेर विदाइ गरिएकाे हाे।

कार्यक्रममा पशुपतिनाथका पुजारीद्वारा विशेष पूजा गरी मूर्तिलाई विदाई गरिएको थियो। कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, विभिन्न समुदायका झाँकी र बाजागाजासहित, बाबाहरु र महिलाहरुको उल्लेख्ये सहभागिता थियो।

चितवनको माडीमा बुधबार रामनवमीको अवसर पारेर यी मूर्तिहरुलाई प्रतिष्ठापन गरिने माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। “काठमाडौंबाट मूर्ति मंगलबार ठोरीस्थित अयोध्यापुरीमा पुग्ने र भोलि राम नवमीका दिन प्रतिष्ठापन गरिने छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले पटक पटक अयोध्यापुरीलाई विश्वभरका हिन्दू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्को गन्तव्यस्थान र पर्यटकीयस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।












No ads found for this position



Facebook Comment