पूर्वराजा ज्ञानेन्द्र कोरोना संक्रमित

डिसी नेपाल
७ वैशाख २०७८ १७:५९
304
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमित भएका छन्। हरिद्वार कुम्भमा सहभागी भएर उनी आइतबार स्वेदश फर्केका थिए। कुम्भमा सहभागी भएकाहरु धेरै कोरोना संक्रमित भइरहेका बेला पूर्वराजा पनि संक्रमित भएका हुन्।

ज्ञानेन्द्रकी नातिनी कृतिका शाहले ट्वीटरमा ज्ञानेन्द्र कोरोना संक्रमित भएको भन्दै स्वास्थ्य लाभको काम गर्दै पोस्ट गरेकी छन्। ज्ञानेन्द्र हरिद्वारबाट फर्केपछि निर्मल निवासमै क्वारेन्टिन बसेका थिए। कोरोना संक्रमित भए पनि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी भने दिइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.