सभामुख सापकोटाको मुद्दा हेर्न नभ्याइने

डिसी नेपाल
८ वैशाख २०७८ १४:०५

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पेशी चढेको सभामुख अग्नी सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने भनी स्थगित गरिएको छ । २०६८ जेठ १३ गते सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा दर्ता भएको १० वर्ष भयो । त्यतिबेला सापकोटालाई तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले संचारमन्त्री नियुक्त भएपछि यो नियुक्ति बदर गर्न र उनले मन्त्रीको हैसियतमा गरेका कामसमेत बदर गर्न माग गर्दै मुद्दा दायर भएको थियो ।

द्वन्द्वकालमा काभ्रेपलान्चोकका अर्जुन लामाको हत्यामा सापकोटाको प्रत्यक्ष संलग्नता रहेको भनी जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दर्ता भइ मुद्दा अनुसन्धानको क्रममा रहेको, सापकोटाविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको र पक्राउ गर्न खटिएका प्रहरी कर्मचारीले सापकोटा फेला नपरेको अर्थात फरार रहेको प्रतिवेदन बुझाएको अवस्थामा ज्यान मुद्दाका अभियुक्तलाई मन्त्री नियुक्त गरिएको भन्दै यसलाई बदर गर्न मागसहित मृतक अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले मुद्दा दायर गरेकी थिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *