अख्तियारलाई स्टिंग अप्रेशन नगर्न सर्वोच्चको आदेश

डिसी नेपाल
८ वैशाख २०७८ १५:०५
40
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब रंगे हात पक्राउको नाममा गर्दै आएको स्टिंग अप्रेशन गर्न नपाउने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार स्टिंग अप्रेशन गर्न नपाउने आदेश दिएको हो।

अख्तियारले आफैले पैसा दिएर कर्मचारीलाई जाल थापेर रकमसहित पक्राउ गर्दै मुद्दा चलाउने गरेको थियो। तर, अख्तियारको यो अप्रेशनले सोझासाझा कर्मचारी फसेको भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए। बुधबार बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिंग अप्रेशनलाई बदर गर्ने आदेश दिएको हो।

अख्तियारले स्टिंग अप्रेशनमार्फत पक्राउ गरेका धेरै विशेष अदालतको फैसलाबाट निर्दोष सावित हुँदै आएका थिए। यसरी स्टिंग अप्रेशनमा फसेका एक कर्मचारीले आत्महत्या गरेपछि उनी विशेष अदालतबाट निदोष सावित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *