२४ घण्टामा थपिए २५५९ संक्रमित, ५ जनाको मृत्यु
काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या दैनकि बढिरहेको छ। बिहीबार २४ सय संक्रमित केस फेला परेकोमा शुक्रबार यो संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार जारी गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २५५९ जना संक्रमित भएका छन्।
८७९८ जनाको पीसीआर परीक्षण गरिएकोमा २४४९ जना संक्रमित पुष्टि भएका थिए। यस्तै ८६६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ११० जना संक्रमित भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment