विभिन्न ठाउँमा भएकाे सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
काठमाडौं । विभिन्न ठाउँमा भएकाे दुर्घटनामा परी २ जनाकाे ज्यान गएकाे छ। प्रहरीका अनुसार ललितपुरकाे सातदाेबाटाे र माेरङकाे केराबारीमा भएकाे दुर्घटनामा २ जनाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका-५ सातदोबाटोस्थित सडकमा प्रदेश ३-०२-०१३ नम्बरको स्कुटर अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएकाे थियाे। स्कुटरकाे ठक्करबाट काठमाडौं बालाजु बस्ने दोलखा जिरी घर भएकी ७३ वर्षीया बिष्णु माया सुनारको मृत्यु भएकाे प्रहरीकाे भनाइ छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै, मोरङ केराबारी गाउँपालिका-८ जंगलस्थित सडकमा को.३४ प ९०६९ नम्बरको मोटरसाइकललाई को.१ त ५८४९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१० बस्ने ५० वर्षीय नरेश कुमार सोडारीको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।







डिसी नेपाल







Facebook Comment