हिंसाविरुद्धको शून्य सहनशीलता राज्यको जवाफदेहिता : उपसभामुख देव

डिसी नेपाल
११ वैशाख २०७८ २०:३९
36
Shares

सप्तरी । प्रदेश नं २ की उपसभामुख उपमा देवले महिलामाथि हुने हिंसाविरुद्धको शून्य सहनशीलता राज्यको जवाफदेहिता भएको बताएकी छन्। महिला मानवअधिकार रक्षक सञ्जाल सप्तरीको आज राजविराजमा सम्पन्न पदास्थापन समारोहमा उपसभामुख देवले न्यायपूर्ण शान्तिका लागि सबैखाले विभेद र दण्डहीनता अन्त्य गरी महिलामाथि हुने हिंसा नियन्त्रणको वातावरणका लागि राज्य जवाफदेही बन्दै गएको बताइन्।

लामो समयसम्म राज्यबाट उपेक्षित समुदायको अधिकारलाई केन्द्रमा राखी सबैको मानवअधिकार सुरक्षित हुनुपर्ने बताउँदै उनले अधिकारको दुरुपयोग गर्न नहुनेतर्फ सचेतसमेत गराइन्। निर्वाचन समितिका संयोजक मञ्जु श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार एकाइका अध्यक्ष डोमन साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, इन्सेक प्रतिनिधि मनोहर पोखरेल र सञ्जालकी सल्लाहकार करुणा झाले शुभकामना व्यक्त गरेका थिए।

गत फागुन १२ गते सम्पन्न अधिवेशनले अनिता देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो । जसअनुसार उपाध्यक्षमा सुधा देव, सचिवमा माधवी शाह, सहसचिवमा मनु खनाल र कोषाध्यक्षमा ललिता कर्ण निर्वाचित भएकी थिइन्। यसैगरी सदस्यमा मालतीदेवी चौधरी, ज्ञानु भट्टराई, पुनम पोखरेल, सुष्मा गुप्ता, गीता पाण्डे, राजकुमारी साह, साधना कर्ण, बविता देव, बेबी गुप्ता, कमला खनाल कोइराला, सुनैरदेवी यादव र पार्वती सिंह (प्रिया) रहेकी छन्। सल्लाहकारमा मञ्जु श्रेष्ठ, मनोहर पोखरेल र करुणा झालाई साधारणसभाले मनोनित गरेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *