नेपाल र अमेरिकाबीचको ७५ बर्षे सम्बन्धबारे एएनएको विशेष कार्यक्रम

डिसी नेपाल
१२ वैशाख २०७८ ४:३९

टेक्सास, अमेरिका । उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको पहिलो राष्ट्रिय संस्था ’अशोसिएसन अ‘ाफ नेपलिज इन द अमेरिकाज’ (ए.एन.ए.) ले अमेरिका–नेपालको कुटनैतिक सम्बन्धको ७५ बर्ष प्रवेश गरेको अवसर पारेर ‘ सेभेन्टी इयर्स अफ नेपाल—युएसए डिप्लोमेटिक रिलेसनसिप एण्ड आवर एचिभमेण्ट’ शीर्षकमा बिशेष छलफल कार्यक्रम गर्ने भएको छ । ७५ बर्षका उपलब्धीहरु तथा आगामी दिनहरुको अपेक्षासहितको कुटनैतिक समीक्षा गरिने कार्यक्रम गर्न लागेको जानकारी ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले प्रेस बिज्ञप्तिमार्फत दिएका छन् ।
कार्यक्रमअनुसार, नेपाल सरकारका परराष्ट्र मंत्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्य तथा नेपाल सरकारका अमेरिकाका लागि राजदूत महामहिम डा. युबराज खतिवडा र नेपालका लागि अमेरिकाका पूर्व राजदूत महामहिम स्कट डेलीसीको बिशेष सहभागितासहित अमेरिका तथा नेपाल दुवै पक्षका व्यक्तित्वहरुसंग अप्रिल २५ आइतवार साझ ७ बजे पूर्वीय समयमा बिशेष अन्तरक्रिया गरिने छ ।
कार्यक्रममा अमेरिका–नेपाल सम्बन्धमा बिशेष जानकारी राख्नुहुने व्यक्तित्वहरु डा जीत जोशी, डा अनिल सिग्देल, डा. विद्या रञ्जित र डेभिड कप्रारा प्यानालिष्ट हुनुहुन्छ भने कार्यक्रमको संचालन ए.एन.ए. बोर्ड अफ ट्रष्टी डा. अम्बिकाप्रसाद अधिकारीले गर्नुहुनेछ । भर्चुवल प्रबिधिमार्फत आयोजित यस प्रकारको यो निकै ठूलो कार्यक्रम हो ।
अमेरिका नेपालको कुटनैतिक सम्बन्ध सन् १९४७ को अप्रिल २५ मा भएको थियो । बेलायतपछि नेपालको कुटनैतिक सम्बन्ध स्थापित भएको दोश्रो मुलुक अमेरिका हो । नेपालले सन् १९५८ मा वासिङ्गटन डि.सी. मा आफ्नो दूताबासको स्थापना गरेको थियो भने अमेरिकाले सन् १९५९ मा काठमाण्डौमा आफ्नो दूतावास स्थापना गरेको थियो । यस कार्यक्रमको प्रत्यक्ष प्रसारण डिसी नेपालमार्फत गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *