आईपीएल १४ को पहिलो सुपर ओभर खेल दिल्लीले जित्यो

डिसी नेपाल
१३ वैशाख २०७८ ०:००
580
Shares

काठमाडौं। १४ औं संस्करणको आईपीएलमा आइतबार पहिलो सुपर ओभर खेल भयो। चेन्नईमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदवादबीचको खेल सुपर ओभरमा गएको हो। जारी सिजनको पहिलो सुपर ओभर खेल दिल्लीले जित्यो।

सुपर ओभरमा पहिला ब्याटिंग गरेको हैदरावादले ७ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको दिल्लीले पनि ७ रन बनायो। तर दिल्ली विजेता घोषणा भयो।

पहिला ब्याटिंग गरेको दिल्लीले हैदरावादलाई १६० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिंग गरेको हैदरावादले ७ विकेट गुमाएर स्कोर लेभल गर्यो। हैदरावादका लागि केन विलियम्सनले अर्धशतक बनाउँदै टिमलाई जित नजिक पुर्याए पनि हैदरवादले अन्तिम एक बलमा दुई रन बनाउन नसक्दा खेल सुपर ओभरमा पुगेको हो।
जारी लिगमा दिल्लीको यो पाँच खेलमा चौथो जित हो। उता हैदरवादको पाँच खेलमा तेस्रो हार हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *