पोखरामा एक हप्ताका लागि निशेधाज्ञा

डिसी नेपाल
१३ वैशाख २०७८ २२:११
488
Shares

कास्की। कास्कीमा बुधबारदेखि लागु हुनेगी एक साता निषेधाज्ञा लगाइने भएको छ।

कोरोना संक्रमणको दर बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। कास्कीमा १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकलसहित अत्यावश्यकबाहेक अरु सबै सवारी साधन आवतजावत बन्द रहने छ। होटल, रेस्टुरेन्ट, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै सवारीमा जोरबिजोर प्रणाली लगाइने छ।

खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइने छ। बैंक तथा वित्तीय संस्थाले पनि सिमित संख्यामा कर्मचारी उपस्थित गराएर सेवा प्रवाह गर्न पाउने सूचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *