विदेशमा मास्कजस्तै पेन्ट गरेर अरुलाई झुक्याउन खोज्ने २ युवतीको पासपोर्ट जफत

डिसी नेपाल
१४ वैशाख २०७८ १०:३४
1.7k
Shares

काठमाडौं। कोरोनाभाइरसले पूरै विश्वलाई आफ्नो चपेटामा लिएको छ । वैज्ञानिक र डाक्टरहरुले संक्रमणबाट बच्नको लागि सबैभन्दा भरपर्दो माध्यम मास्क भएको बताएका छन् । तर, केही मानिसहरुले भने मास्क लगाउन मानिरहेका छैनन् । उनीहरुले विभिन्न कारण देखाउँदै मास्क लगाउन अस्वीकार गर्छन् । यस्तै मास्क लगाउन नचाहने एक युवतीले अरुलाई झुक्याउन अनौठो तरिका अपनाइन् तर आफैं फसेकी छिन् ।

यी युवतीले आफूले मास्क लगाइनन् बरु जाँच एजेन्सीलाई झुक्याउनको लागि अनुहारमा मास्कजस्तै देखिने रंगको पेन्ट गरिन् । अब यी युवतीको पासपोर्ट जफत गरिएको छ । इण्डोनेसियाको बालीमा अनुहारमा मास्कको पेन्ट गर्ने यी युवती र उनकी अर्की एक साथीको समेत पासपोर्ट जफत गरिएको छ । कोकोनट्स बालीको एक रिपोर्टअनुसार यी महिलाहरुको नाम जोस पालन लिन र लिया हो ।

कसैले उनीहरुको भिडियो खिचेर सामाजिक संजालमा हालिदिएका थिए त्यसपछि यो भिडियो भाइरल भएको थियो । सामाजिक संजालमा भिडियो पोस्ट भएपछि उनीहरुको निकै आलोचना भयो । मानिसहरुले उनीहरुलाई गैर जिम्मेवार र खतरनाक भनेका र्थि । भिडियो भाइरल भएपछि इण्डोनेसियाको अध्यागमन विभागले उनीहरुको पासपोर्ट जफत गरेको छ । लिया रुसी नागरिक र जोस ताइवानकी नागरिक भएको बताइएको छ । उनीहरुलाई डिपोर्ट गर्ने तयारी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.