रियल र चेल्सीले खेले एक एक गोलको बराबरी
काठमाडौं। च्याम्पियन्स लिग फुटबल सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीबीचको खेल १ – १ गोलको बराबरीमा सकिएको छ।
रियलको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता पाहुना टोली चेल्सीले लिएको थियो। पहिलो हाफको १४ मिनेटमा किस्टिन पोलिसिक गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
तर, खेलको २९ औं मिनेटमा उत्कृष्ट गोल गर्दै करिम बेन्जिमाले रियललाई बराबरीमा ल्याएका थिए। यो सिजन बेन्जिमा स्पेनिस ला लिगामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन्। उनकै प्रर्दशनमा टीम ला लिगाको दोस्रो स्थानमा छ।
पहिलो हाफ रोमाञ्चक बनेको खेलमा दोस्रो हाफमा दुवै टीमको प्रर्दशन फितलो रह्यो। दुवै टीमले गोल गर्ने कही सुनौलो अवसर पाए पनि गोल भने हुन सकेन।
अब यी दुइ टीमको सेकेन्ड लिग ६ मे अर्थात आगामी बुधबार चेल्सीको होम ग्राउण्डमा हुने छ।
यस्तै लिग अन्र्तगतकै अर्को सेमिफाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यान्चेस्टर सीटीबीच प्रतिस्पर्धा हुनेछ। यी दुइ टीमको पहिलो लेगको खेल बुधबार राति हुने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment