गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावउपर छलफल जारी

डिसी नेपाल
१५ वैशाख २०७८ १४:५१
68
Shares

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावउपर छलफल भइरहेको छ। छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ। अहिले सभा जारी छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको २७ सिट छ। दोस्रो दल नेपाली कांग्रेसको १५ र माओवादी केन्द्रको १२ सिट छ। त्यस्तै राष्ट्रिय जनमोर्चाको ३, जसपाको २ र एकजना स्वतन्त्र सांसद दिपक मनाङे छन्। ६० जना मध्ये ३ जनालाई कोरोना पोजेटिभ भएपछि अलगै राखिएको छ। उनीहरुले संसदमा बोल्न पाउने छैनन् भने मतदानमा भाग लिन पाउने छन्।

सांसदहरुको ३१ भोटले अविश्वासको प्रस्ताव पास गर्न सक्छ। जनमोर्चा, कांग्रेस, माओवादी र जसपाको जम्मा ३३२ मत हुन आउँछ। स्वतन्त्र रहेका दिपक मनाङ्गे बहुमत तर्फ जाने बिचारमा रहेका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावलाई जनता समाजवादी पार्टीले समर्थन गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *