क्यारेबियन प्रिमियर लिगको स्थान र मिति घोषणा

डिसी नेपाल
१५ वैशाख २०७८ १८:४५

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको आउने संस्करण सेन्ट किट्समा आयोजना हुने भएको छ । आगामी अगष्टमा आयोजना हुने सीपीएल सेन्ट किट्सको वार्नर पार्कमा हुने पक्का भएको हो ।

अगष्ट २८ बाट सुरु हुने प्रतियोगितामा कुल ३३ खेल हुनेछ । यस पटक मैदानको क्षमता भन्दा आधा समर्थकलाई प्रवेश दिईनेछ । आठ हजार दर्शक क्षमताको मैदानमा ४ हजारले मैदान गएर हेर्न पाउने छन् ।

अघिल्लो संस्करणको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको थियो । फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *