एनएसएल फुटबलः पोखराको पहिलो जित
काठमाडौं। काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले पहिलो जित हात पारेको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा विराटनगर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित दर्ता गर्यो।
खेलको ८३ औं मिनेटमा नवयुगले गोल गर्दै पोखरालाई १–० को अग्रता दिलाए। मौसा अब्बाको फ्रिकिकमा नवयुगले उत्कृष्ट हेड गोल गरे। जुन गोल खेलको निर्णायक गोल बन्यो।
खेलमा नवयुग प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार प्राप्त गरे। प्रोमोसिङ प्लेयर अफ दि म्याच पोखराका नितिन थापा भए। उनले १० हजार हजार पाए। जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ। पोखरा चौंथो स्थानमा रहेको छ।
पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २–० ले पराजित भएको थियो।
विराटनगरको यो पहिलो हार हो। विराटनगरले २ खेलमा ३ अंक जोडेको छ। विराटनगर दोस्रो स्थानमा रहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment