विप्लव समूहका माइला लामा थुनामुक्त

डिसी नेपाल
१६ वैशाख २०७८ २१:२४
204
Shares

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा थुनामुक्त भएका छन्। नेकपा भूमिगत रहेकाबेला पक्राउ परेका उनी बिहीबार थुनामुक्त भएका हुन्। जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएर उनी थुनामुक्त भएका हुन्।

सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति अनुसार विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आइसकेको छ। सरकारले पनि थुनामा रहेका विप्लव समूहका नेताहरुलाई थुनामुक्त गरिरहेको छ। तर, लामा भने धरौटी बुझाएर थुनामुक्त भएका हुन्। सरकारसँगको सहमति अनुसार अझै विप्लव समूहका धेरै नेताहरु छुटेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *