महोत्तरीका मालपोत र नापी कार्यालय अनिश्चित कालका लागि बन्द

डिसी नेपाल
१७ वैशाख २०७८ २२:३५

जलेश्वर । महोत्तरीका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय आजदेखि अनिश्चित कालका लागि बन्द गरिएका छन् । कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको अवस्थामा महोत्तरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्था मध्यनजर गर्दै बढी सेवाग्राहीको भीडभाड हुने मालपोत र नापी कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

दुवै कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर आइतबारदेखि दुवै कार्यालयमा अदालती तथा आन्तरिक कामकाज मात्रै हुने र त्यसबाहेक सर्वसाधारण सेवाग्राहीको कुनै पनि कामकाज नहुने जानकारी गराएको छ । यी दुवै कार्यालयमा दैनिक पाँच हजार बढी सेवाग्राहीको भीडभाड हुने गरेको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावना बढी भएकाले कार्यालय आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द रहने जनाइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *