बेंगलोरमाथि पञ्जावको धमाकेदार जित

डिसी नेपाल
१७ वैशाख २०७८ २३:२८

काठमाडौं। आईपीएलको शुक्रबार भएको खेलमा पञ्जाव किंग्स विजयी भएको छ। पञ्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गर्यो। अहमदाबादमा पहिला ब्याटिंग गरेको पञ्जावले ५ विकेटमा १७९ रन बनाएको थियो। जवाफमा बेंगलोरले ८ विकेट गुमाएर १४५ रनमात्र बनाउन सक्यो।

पञ्जावका हरप्रीत ब्रारले विकारट कोहली, ग्लेन म्याक्सवेल र एबी डिभिलियर्सको विकेट लिएपछि बंगलोर संकटमा परेको थियो। पञ्जावका लागि उनले पहिलो खेल खेल्दै ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए।

यस्तै पञ्जावका रवि विस्नोइले २ विकेट लिँदा बंगलोर लक्ष्यसम्म पुग्न सकेन। अन्तिममा बंगलोरका लागि कायल जेमिसन र हर्षल पटेलले विस्फोटक ब्याटिंग गरे पनि त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो। पटेलले १३ बलमा ३१ र जेमिसनले ११ बलमा १६ रन बनाए।

यसअघि पञ्जावका कप्तान केएल राहुलले ९१ र क्रिस गेलले विस्फोटक ४६ रन बनाएपछि पञ्जावले बलियो स्कोर बनाएको थियो। जारी आईपीएलमा पञ्जावको यो तेस्रो जित हो। उता बेंगलोरको दोस्रो हार हो।

खेलपछि बंगलोर तेस्रो स्थानमा झरेको छ भने पञ्जाव पाँचौं स्थानमा उक्लिएको छ। समाना १०, १० अंक भएका चेन्नई, दिल्ली र बेंगलोर क्रमशः शीर्ष, दोस्रो र तेस्रोत स्थानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *