शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त
काठमाडाैं। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन्।
यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment