विश्वमा काेराेना : अमेरिका, भारत र ब्राजिलमा संक्रमितकाे ४४ प्रतिशत

डिसी नेपाल
२१ वैशाख २०७८ ६:४६

काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा थपिएका ३ लाख ५५ हजार ८ सय २८ सहित कारोना संक्रमित हुनेको संख्या २ करोड नाघेको हो। अमेरिका, भारत र ब्राजिलमा विश्वमा संक्रमित भएकाे संख्याकाे ४४.२६ प्रतिशत रहेकाे छ।

थपिएको संख्यासहित भारतमा २ करोड २ लाख ७५ हजार ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म पुष्टि भएका मध्ये २ लाख २२ हजार ३ सय ८३ जनाले ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा ३ हजार ४ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

हालसम्म भारतमा २९ करोड १६ लाख ४७ हजार ३७ कुल परिक्षण गरिएको छ। जम्मा परीक्षणको करिव ७ प्रतिशतमात्र पोजेटिभिटी पाइएको छ। संक्रमण मुक्त हुनेको संख्या पनि निकै धेरै रहेको छ। हालसम्म १ करोड ६६ लाख ७ सय ३ कोरोना संक्रमितहरु संक्रमण मुक्त भएका छन्।

भारतपछि गत २४ घण्टामा अमेरिकामा कोरोना संक्रमित धेरै थपिएका छन्। अमेरिकामा गत २४ घण्टामा ३८ हजार ८ सय ११ कोरोनाका संक्रमित थपिएका हुन। योसँगै अमेरिकामा हालसम्म ३ करोड ३२ लाख २९ हजार ४ सय ४५ पुगेका छन्। अमेरिकामा संसारकै सबैभन्दा बढी ५ लाख ९१ हजार ५ सय १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्रालिजमा पनि पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। गत २४ घण्टामा पनि १ हजार बढीले ज्यान गुमाएका छन्। योसँगै ब्राजिलम कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकापछि ४ लाख ८ हजार ८ सय २९ पुगेको छ।

गत २४ घण्टामा ब्राजिलमा ३६ हजार ५ सय २४ जना कोरोनाका संक्रमित थपिए भने योसँगै ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाख ९१ हजार ४ सय ३४ पुगेको छ। कोरोना संक्रमितको संख्याको आधारमा यी तीन देश करोड माथि पुगेका छन् भने फ्रान्सले पछ्याइ रहेको छ। फान्समा हालसम्म ५६ लाख ५६ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *