काँग्रेसले वैकल्पिक सरकार बनाउन पहल गर्ने, विश्वासको मतको विपक्षमा मतदान गर्न आव्हान

डिसी नेपाल
२५ वैशाख २०७८ १७:१२
164
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओली सरकारको विकल्पमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले काँग्रेसले वैकल्पिक सरकार बनाउने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

उनका अनुसार बैठकले आसन्न प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमाथि हुने मतदानमा विपक्षमा मतदान गर्ने निर्णय गरिएको बताए। उनले अन्य दलहरुलाई पनि सो प्रस्तावको विपक्षमा मतदान गर्न आव्हान गर्ने निर्णय भएको जानकारी दिए।

काँग्रेसले प्रधानमन्त्री ओलीले आफैले राखेको प्रस्ताव असफल हुने निश्चित भएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन आवश्यक नरहेको बताए। उनले विश्वासको मतको प्रस्ताव असफल भएपछि प्रधानमन्त्री ओलीले कुनै असंवैधानिक काम गरे त्यसको विरोधमा आन्दोलन गरिने चेतावन िदिए। उनले राष्ट्रपति विद्यादेव िभण्डारी पनि मर्यादामा बस्ने विश्वास व्यक्त गरे।

काँग्रेस संसदीय दलको बैठकले आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुन सदस्यहरुसँग आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *