अक्सिजनको हाहाकारः मनमोहन, ग्राण्डी र ग्रिन सिटीले पनि विरामी भर्ना नगर्ने

डिसी नेपाल
२९ वैशाख २०७८ १६:२९
88
Shares

काठमाडौं। कोरोना संक्रमितहरुको संख्या बढेसँगै देशमा अक्सिजनको हाहाकार भएको छ। अक्सिजनको हाहाकार भएसँगै देशका ठूला अस्पतालहरुले विरामी भर्ना लिन नसक्ने घोषणा गरेका छन्। राजधानी काठमाडौंमै अक्सिजनको हाहाकार देखिएपछि धेरैजसो ठूला अस्पतालहरुले नयाँ विरामी भर्ना लिन नसकिने जनाएका हुन्।

बुधबार काठमाडौंस्थित मनमोहन अस्पताल, ग्राण्डी र ग्रिन सिटी अस्पतालले अक्सिजन अभाव भएको भन्दै नयाँ विरामी भर्ना गर्न नसकिने जनाएका छन्। यसअघि काठमाडौंंकै मेडिसिटी, ओम, हेल्पिंग ह्याण्ड्स, दीर्घायू गुरु, नेपाल–भारत मैत्री अस्पताल, मेडिकेयर, हिमाल, नेपाल मेडिकल कलेजलगायत, करुण अस्पताल, यूनिभर्सल कलेज अफ मेडिकल साइन्स, ग्राण्डी, केएमसीले अक्सिजन अभाव भन्दै विरामी भर्ना गर्न नसकिने बताइसकेका छन्।

यस्तै उपत्यका बाहिर बाँकेको कोहलपुर शिक्षण अस्पतालले पनि अक्सिजन अभाव भन्दै विरामी भर्ना रोकेको छ।

अक्सिजन अभाव भएपछि सरकारले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मार्फत कोटा निर्धारण गरेर अक्सिजन सप्लाई गर्ने निर्णय गरेको छ। र सीसीएमसीले कोटा पनि निर्धारण गरेको छ। तर, अस्पतालहरुले सीसीएमसीले निर्धारण गरेको कोटा अपुग भएको र कोटा निर्धारणअनुसार पनि आपूर्ति नभएको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *