आमालाई मारेर धड्किरहेको मुटु काटेर निकाल्ने युवती अदालतमा खित्का छोडेर हाँसेपछि…

डिसी नेपाल
३० वैशाख २०७८ १५:१८

काठमाडौं। आफ्नी आमालाई चक्कु प्रहार गरेर हत्या गरेपछि उनको धड्किरहेको मुटु काटेर बाहिर निकालेको आरोप लागेकी एक युवतीलाई अदालतमा सुनुवाइको क्रममा ‘के उनलाई पछुतो लागेको छ ?’ भनेर सोध्दा उनी खित्का छोडेर हाँसेकी छिन् । २१ वर्षकी एन्ना लेज्कोभिच नामकी ती युवतीले आफ्नी आमा ४० वर्षकी पारास्कोभिया लेइकोभिसीको हत्या गरेको आरोप छ । तर, मोल्दाभाको कानुनअनुसार उनले आफू महिला भएका कारण सजायमा केही छुट पाउने अपेक्षा गरिएको छ ।

जियारुल नेशनललाई उद्धृत गर्दै द सनले जनाएअनुसार लेज्कोभिचकी आमा कामको लागि लामो समयसम्म जर्मनी गएर फर्किंदा आफ्नी छोरी ड्रग्सको कुलतमा फसेको पाएपछि गाली गरेकी थिइन् । यही रिसमा गएको डिसेम्बरमा लेज्कोभिचले आमामाथि आक्रमण गरेकी थिइन् । समाचारअनुसार पारास्कोभियाले छोरीलाई सुधार केन्द्रमा जान भनेकी थिइन् । स्थानीय मिडियाका अनुसार आमाको कुराले उनीहरुबीच विवाद सृजना भयो र आरोपीले चक्कु उठाइर आमालाई कैयौं पटक छातीमा प्रहार गरेकी थिइन् ।

रिपोर्टका अनुसार पारास्कोभिया रक्ताम्य भएर लडेपछि आरोपी छोरीले आमाको छाती काटेर धड्किरहेको मुटु बाहिर निकालेकी थिइन् । उनलाई पक्राउ गरेपछि अदालतले उनलाई मानसिक अस्पतालमा हिरासतमा राख्न आदेश दिएको थियो र उनलाई त्यहीँ राखेर अनुसन्धान अगाडि बढेको थियो । उनी सुनुवाइमा उपस्थित हुन योग्य छन् कि छैनन् भन्ने विषयमा जाँच भइरहेको छ । उनको पहिलो सुनुवाइको क्रममा अभियोजन पक्षले उनलाई पछुतो लागेको छ कि छैन भनेर सोध्दा उनी खित्का छाडेर हाँसेकी थिइन् ।

गागाउजियाका पूर्व डेप्युटी प्रोसिक्युटर भ्लादिमिर चिम्पोएसका अनुसार उनलाई आजीवन कारावासको सजायदिइने सम्भावना देखिँदैन किनकि उनी महिला हुन् । उनका अनुसार मोल्दोभामा महिलालाई आजीवन कारावासको सजाय दिने प्रावधान छैन । चिम्पोएसका अनुसार उनले अपराध स्वीकार गरिन् र उनी दोषी ठहरिइन् भने उनलाई बढीमा १३ वर्ष ४ महिना जेल सजाय हुन सक्छ । यदि उनलाई मानसिक समस्या भएको प्रमाणित भयो भने यो सजाय अझै घटाइन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *