लघुकथा : झण्डा

डिसी नेपाल
१ जेठ २०७८ १३:०८

सुनसान रोड थियो। मानिसहरू आउन डराइ रहेका थिए। कार्यकर्तालाई भने जानै पर्ने अवस्था थियो। नजाऊ भने भर्खर पार्टी दुई गुठ भएको अवस्था थियो। शक्ति प्रर्दशन गर्ने बेलामा नगए चाप्लुसी गरेको कुनै अर्थ पनि हुने भएन। जस्तो अवस्था भएपनि जानु त पर्याे।

कार्यकर्ता डराइ , डराइ जम्मा हुँदै थिए। वरिष्ठ नेता भने आइसक्नु भएको थिएन। जबसम्म नेता आउनु भएको थिएन्।कार्यकर्ता अवस्था अनुसार दूरी कायम गरी बसेका थिए।

जब नेताको गाड़ी आयो।मञ्चमा होडबाजी मच्चियो।नेता भने प्रहरीको सहयोगमा सिधै मच माथि गएर पार्टी फुटेयको घोषणा गर्नु भयो।नयाँ झण्डा हल्लाउनु भयो। कार्यकर्ता ताली बजाए। आफ्नो घरमा झण्डा राख्न लिएर पनि गए।

आफ्नो घरमा फुटेको पार्टीको झण्डा लहराई रहेको थियो।कार्यकता नयाँ पार्टीको लागि तयारी गर्दै थिए। अर्को दिन बिहान अनौठो समाचार आयो।पार्टी त पुनः एकता भएछ।

तानसेन पाल्पा
हाल, यूएई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *