धनगढीलाई पाखा लगाउँदै काठमाडौंले उचाल्यो एनएसएल फुटबललको उपाधि
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्सले जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा काठमाडौंले धनगढी सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो।
काठमाडौं रेजर्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक रह्यो। काठमाडौंका मेसौके ओलुमोउले खेलको २१ औं मिनेटमा गोल गरेको गोलले काठमाडौंलाई उपधि दिलायो।

च्याम्पियन बनेसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड जितेको छ। दोस्रो भएको धनगढीले १५ लाख रुपैयाँ पायो। नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भएको एनएसएलमा ७ शहरका ७ टोलीले भाग लिएका थिए। एनएसएल नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिग हो।

कोरोना माहामारीको समयमा भएको यो लिगका सबै खेल दर्शकविना नै भएका थिए। जसले गर्दा यो लिगले चर्चा भने खासै पाउन सकेन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment