पदमुक्त भएका लुम्बिनीका जसपा ४ सांसदको पुनर्बहाली

डिसी नेपाल
३ जेठ २०७८ १९:१३
516
Shares

काठमाडौं। जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेशमा निर्वाचित ४ जना सांसदको पद पुनःबहाली भएको छ। पार्टीको कारबाहीअनुसार प्रदेशसभा सभामुखबाट पदमुक्त भएका सांसदहरुले सर्वोच्चमा दायर गरेको रिटमाथि सोमबार सुनुर्वा गर्दै सर्वोच्चले पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार अन्तरिम आदेश दिएके हो। सपाका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी रायमाझीलाईै पदमुक्त गर्न जसपाको उपेन्द्र समूहले निर्णय गरेअनुसार सभामुखले पदमुक्त गरेका थिए। तर, महन्थ ठाकुर समूहले भने उनीहरुमाथि कारबाही नगरिएको भन्दै अर्को पत्र पठाएको थियो।

लुम्बिीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनीहरुले सोही दिनमै मन्त्रीको शपथ लिएका थिए। त्यसपछि उपेन्द्र समूहले उनीहरुलाई २४ घण्टा भित्र मन्त्रीबाट राजीनामा दिन भन्दै स्पष्टीकरण सोधेको थियो। त्यसपछि उनीहरुलाई पदमुक्त गरिएको थियो।

तर, सर्वोच्चले अन्तरिम आदेश दिँदै उनीहरुको पदबहाली गरिदिएको छ। सर्वोच्चको यो आदेशपछि हाल ७९ सदस्यीय रहेको लुम्बिनी प्रदेश अब ८३ सदस्यीय भएको छ भने मुख्यमन्त्री पोखरेललाई पनि सहज हुने देखिएको छ। चारैजना हाल लुम्बिनी सरकारमा मन्त्री छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.