विश्वमा कोरोना : संक्रमित हुने देशको अग्रस्थानमा नेपाल, २४ घण्टामा ६ लाख थपिए, ८ लाख निको भए

डिसी नेपाल
५ जेठ २०७८ ७:०४
3.1k
Shares

काठमाडौं। नेपाल २४ घण्टामा कोरोना संक्रमित धेरै हुने देशहरुको अग्रस्थानमा रहेको छ। एक रिपोर्ट अनुसार अहिले नेपाल दैनिक संक्रमित हुने विश्वका सबै देशहरुमा १० औँ स्थानमा देखिन थालेको हो। निकाे हुनेहरूकाे संख्याकाे आधारमा १७औँ स्थानमा रहेकाे छ भने मृत्यु हुनेकाे संख्याकाे आधारमा १५औँ स्थानमा रहेकाे छ।

भारतमा कोरोनाको प्रभाव बढेपछि नेपाल पनि त्यसको चपेटामा प¥यो। दैनिक कोरोना संक्रमित हुने देशहरुको सूचिमा भारत १ नम्बरमा रहँदा नेपाल १०औँ नम्बरमा आएको हो। उक्त तथ्यांक अनुसार भारतपछि ब्राजिल रहेको छ। भने तेश्रो स्थानमा अर्जेन्टिना रहेको छ। यसैगरी क्रमशः यूएसए, फ्रान्स, इरान, कोलोम्बिया, टर्की, रसिया र नेपाल रहेका छन्।

भारतमा गत २४ घण्टामा २ लाख ६७ हजार १ सय ७४ जना कोरोनाका विरामी थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या२ करोड ५४ लाख ९५ हजार१ सय ४४ पुगेको छ। गत २४ घण्टामा ४ हजार ५ सय बढीको मृत्यु भएको भारतमा हालसम्म कोरोनाका कारण २ लाख ८३ हजार २ सय ७६ जनाको ज्यान गएको छ।

यस्तै, ब्राजिलमा गत २४ घण्टामा ७४ हजार ३ सय बढी संक्रमित थपिएका छन् भने, अर्जेन्टिनामा ३५ हजार ५ सय बढी संक्रमित थपिएका छन्। केही महिना पहिला अत्याधिक बढेको अमेरिकामा अहिले संक्रमित हुनेको दर घटिरहेको छ। गत २४ घण्टामा अमेरिकामा २६ हजार ७ सय संक्रमित थपिएका छन्।

फ्रान्समा १७ हजार २ सय, इरान र कोलोम्बियामा १३ हजार टर्की मा ११ हजार र रसिया र नेपालमा ८ हजार बढी कोरोनाका संक्रमित थपिएका हुन्। विश्वभरका २ सय बढी देशमा कोरोनाको महामारी फैलिएको छ।

गत २४ घण्टामा विश्वभरमा ६ लाख ७ हजार ४२ जना कोरोनाका संक्रमित थपिएका छन् भने, ८ लाख २५ हजार बढी संक्रमित निको भएर घर फर्केका छन्। यस्तै २४ घण्टामा कोरोनाका कारण १३ हजार बढीले ज्यान गुमाउनु परेको छ। हालसम्म विश्वमा १६ करोड, ४८ लाख ७९ हजार १ सय ९२ जना कोरोनाका संक्रमित रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *