स्कुलछेउमा बम विष्फोटमा ८० जना मारिँदा पनि स्कुल जान्छन् बालिकाहरु

डिसी नेपाल
५ जेठ २०७८ ११:२२
1.5k
Shares

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुलनजिकै गएको ५ मेमा बम विष्फोट भयो । यो विष्फोटमा ८० जनाको मृत्यु भयो र १६० जना घाइते भए । यो विष्फोट यस्तो समयमा भएको थियो जतिबेला यहाँका बालिकाहरु स्कुल जानको लागि निस्केका थिए । यो डरलाग्दो विष्फोटपछि पनि यहाँका विद्यार्थी, परिवार र शिक्षकहरुले शिक्षाप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो आक्रमणमा फरजाना असगरीकी १५ वर्षकी बहिनीको पनि मृत्यु भएको थियो । विष्फोटका क्रममा फरजाना पनि फसेकी थिइन् । तर, उक्त आक्रमणका जीवित बचेर फर्किएपछि फरजानाले दृढ संकल्प गरिन्, उनी सकुल खुलेपछि फेरि पढ्न जानेछिन् । सोमबार जब त्यहाँका स्कुल खुले, स्कुल पुग्ने विद्युर्तीहरुमा बालिकाहरुको संख्या अधिक थियो ।

फरानाको साथमा अन्य बालिकाहरु भन्छन् ‘अर्को आक्रमण भयो भने पनि हामी सकुल आउँछौं । तालिबान चाहन्छ कि हामी अशिक्षित रहौं । तर हामी उसको चाहना पूरा हुन दिने छैनौं । हामी शिक्षित भएरै छाड्नेछौं ।’

फरजाना भन्छिन् ‘हामी निराश हुनेमध्येका होइनौं । हामीले ज्ञान र शिक्षा हासिल गर्नको लागि ड् छोड्नै पर्छ ।’ अफगानिस्तानको एक गैर सरकारी संस्थासँग जोडिएकी फैजिया कुफी भन्छिन् – यहाँ तालिबानी शासन १९९६ देखि २००१ को क्रममा बालिकाहरुलाई स्कुल जान प्रतिबन्ध थियो । तर अब परिवार पनि नडराइ छोरीहरुलाई स्कुल पठाइरहेका छन् ।

फौजिया भन्छिन् ‘अफगानिस्तानले पछिल्लो २ दशकमा परिवर्तनकारी बदलाव देखेको छ । देशमा अहिले ३५ लाख छोरीहरु स्कुल जान लागेका छन् ।’ पहिले महिलाहरुले आफ्नो पूरा शरीर र अनुहारलाई बुर्काले ढाक्नुपर्थ्यो । अहिले यस्तो कडा चलन विस्तारै हट्दै गइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.