पाकिस्तानले प्यालेस्टाइनलाई सहयोग गर्ने, इजरायललाई रोक्न विदेशमन्त्री टर्की पुगे

डिसी नेपाल
५ जेठ २०७८ १२:५२
3.4k
Shares

काठमाडौं। पाकिस्तान सरकारले इजरायली आक्रमण झेलिरहेको पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार राती प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले कोभिड संकटमा फसेका प्यालेस्टाइनीहरुलाई मेडिकल सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि मन्त्री फवाद चौधरीले यो जानकारी दिएका हुन् । इजरायल–प्यालेस्टाइन संघर्षमा अहिलेसम्म २२० जनाको ज्यान गइसकेको छ । प्यालेस्टाइनी संगठन हमासले इजरायलमा रकेट हानिरहेको छ र इजरायलले गाजा षेत्रमा बम खसाइरहेको छ ।

यसअघि पाकिस्तानले इजरायलविरुद्ध बयान दिँदै प्यालेस्टाइनमाथि आक्रमण रोक्न भनेको थियो । मंगलबार नै पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी टर्की पुगेका छन् । कुरैशीले टर्कीमा राष्ट्रपति रेसेप तैयप एर्दोगान र विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन् । त्यहाँ हुने भेटघाटमा इजरायलविरुद्ध रणनीतिको खाका तयार गरिनेछ । टर्कीका राष्ट्रपति एर्दोगान यसअघि नै खुला रुपमा इजरायलको विरुद्ध आइसकेका छन् । अमेरिकाले इजरायललाई हतियार बेच्ने सम्झौता पारित गरेपछि उनले अमेरिकाको चर्को आलोचना गरेका थिए ।

मुस्लिम देशहरुको संगठन ओआइसीले पनि यस विषयमा बयान जारी गरेको छ । तर, पाकिस्तान र टर्की एक कदम अगाडि बढेर सक्रिय देखिएका छन् । इमरानले विदेशमन्त्री कुरैशीलाई टर्की पठाएका छन् । यहाँ उनले केही मुस्लिम देशका विदेश मन्त्रीहरुसँग भेटेर इजरायलविरुद्ध रणनीति बनाउनेछन् । त्यसपछि यी सबै एउटै जहाजमा न्यूयोर्क पुग्नेछन् । त्यहाँ संयुक्त राष्ट्रसंघमा इजरायलविरुद्ध नयाँ प्रस्ताव ल्याइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.