लघुकथा: नेताको सिलिण्डर
गाउँमा सिलिण्डरको हाहाकार मच्चियो। सबैजना विरोधको भाषा बोल्दै थिए। गाउँभरी नेताजीको विरोध भएको अवस्था थियो। नेताजी भने चुपचाप थिए। नत उनलाई समस्याको मतलब थियो। नत सिलिन्डरको।
गाउँलेहरू मिलेर वडा कार्यालयमा जम्मा भए। सुटबुट लगाएर नेताजीको आगमन भयो।गाउँलेहरू यसपाली पनि सधै जस्तो उनलाई सत्कार गरे। सिलिन्डर पाउने आसाम।नेताजी पनि सत्कार पाएकोमा मक्ख पर्दै कार्यालय भित्र पसे।
बाहिर भने सबै गाउँले खुसी मनाउँदै थिए।यसपाली पक्का पनि हामी सिलिण्डर पाउँछौ भनेर। गाउँलेहरुको आँखा कार्यालयको ढोका तिर थिए। नेताजीको पर्खाइमा।
नेताजी हँसिलो मुद्रामा सिलिण्डरको नमूना लिएर बाहिर निस्किए। गाउँलेहरू सबैको आँखा सिलिण्डर तिर पर्यो। खोई किन हो।सबै झस्किए। नेताजी पनि अच्चम माने। आखिर किन यिनीहरू खुसी छैनन्। नेतालाई कुरो बुझ्न गाह्रो भयो।
यस्तैमा हुलबाट आवाज आयो। नेताजी हामीलाई अहिले खाना पकाउने सिलिण्डर चाहिएको होइन। हाम्रा गाउँमा भएका विमारीलाई अक्सिजन दिनको लागि अक्सिजन सिलिण्डर चाहिएको हो। नेताजी अलमल परें।गाउँलेहरू चिच्याई रहेँ।
तानसेन पाल्पा
हाल, यूएई।
No ads found for this position

डिसी नेपाल
Facebook Comment