केपी ओलीको कदमको भत्र्सना गर्छु : माधव नेपाल
फाइल फाेटाे।
काठमाडौं। संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई एमालेका वरिष्ठ नेता माधव नेपालले भत्र्सनागरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा संसदको चीरहरण भएको उल्लेख गरेका छन्।
‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु,’ नेता नेपालले लेखेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment