संसद विघटन असंवैधानिक भएको कांग्रेसको निष्कर्ष

डिसी नेपाल
८ जेठ २०७८ ११:१५
132
Shares

काठमाडौं । नेपाली काग्रेसले शुक्रबार राति भएको संसद विघटनलाई असैवैधानिक भनेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिल कण्ठमा बसेको  पदाधिकारी  बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता डा. प्रकाश शरण महतले संसद विघटन असंवैधानिक र अलोकन्त्रान्तिक भएको  बैठकले निष्कर्ष निकालेकाे जानकारी दिए।

उनले भने, ‘यो असंवैधानिक र अलोकत्रान्तिक कदम हो। हामी राजनीतिक प्रतिरोध गर्छौ। त्यसका लागि अन्य विपक्षीदलहरुसँग पनि छलफल गर्दै छौं।’

संविधान र लोकतन्त्रको रक्षाको लागि सम्पूर्ण लडाई लड्ने डा. महतले बताए। कोरोनाको महामारीका बेला सुरक्षित उपाए अपलम्बन गरेर विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ।

सरकारको सिफासिरमा राष्ट्रपति विद्यादेवी भाण्डारीले शुक्रबार राति संसद विघटन गरेकी थिइन्। संसद विघटनपछि कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति पनि घोषणा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.