डाक्टर केसी र न्यौपाने पत्रकारका निःशुल्क परामर्शदाता

डिसी नेपाल
८ जेठ २०७८ १२:२९
40
Shares

सुर्खेत। प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदिप न्यौपानेले कोरोना भाइरसबाट संक्रमित कर्णाली प्रदेशका पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन्।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टरद्वययबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका कोरोना संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरि शुक्रबार सम्झौता भएको छ।

कोरोना भाइरसबाट दिनप्रतिदिन पत्रकारहरु संक्रमित हुनथालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो।

डाक्टर केसी र न्यौपानेले कोरोना भाइरसको प्रभाव रहुन्जेल पत्रकार र उनीहरुका परिवारको स्वास्थ्य अवश्था,उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने साबधानी, आइशोलेसनमा बस्दा ध्यानदिनुपर्ने कुराहरुको बारेमा निःशुल्क परामर्श दिने गरि सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए।

उनका अनुसार संक्रमित पत्रकार र उनीहरुको परिवारले डाक्टर केसी र न्यौपानेलाई फोन गरि आफूलाई देखिएको समस्याकाबारे जानकारी गराए। डाक्टरद्वयलाई प्रत्यक्ष भेट गर्नुपरेमा सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पीटलमा भेट्न सकिने छ।

महासंघको तर्फबाट कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन्। डाक्टर केसी र न्यौपानेले कोरोना भाइरस संक्रमण फैलिए देखि यता कर्णालीमा संक्रमितको उपचारमा विशेष भूमिका निर्बाह गर्दै आइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *