सार्क मुलुकमध्ये नेपाल सक्रिय संक्रमितको संख्या बढी हुनेमा दोस्रो स्थानमा

डिसी नेपाल
८ जेठ २०७८ १८:३०
192
Shares

काठमाडौं । सार्क मुलुकमध्ये नेपाल सक्रिय कोरोना संक्रमितको संख्या बढी हुनेमा दोस्रो स्थानमा देखिएको छ । सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला माल्दिसमा छन् ।

माल्दिसमा कुल संक्रमित मध्ये ३८.४ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान ७.५, श्रीलंकामा १७.३, अफगानिस्थानमा ९.५, बंगलादेश ५.८, भुटानमा ९.३ र भारतमा १२.७ प्रतिशत सक्रिय संक्रमित छन् ।

नेपालमा २४.२ प्रतिशत सक्रिय संक्रमित छन् । सार्क मुलुकमा पाकिस्तान सक्रिय संक्रमित सबैभन्दा कम भएको र निको हुने प्रतिशत सबैभन्दा बढी भएको मुलुक हो ।

यस्तै, मृत्युदर बढी हुनेमा अफगानिस्थानमा रहेको छ । अफगानिस्थानमा मृत्युदर ४.३ प्रतिशत रहेको छ । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान २.२, श्रीलंकामा ०.७, भुटानमा ० , बंगलादेश १.६, माल्दिसमा ० र भारतमा १.१ प्रतिशत मृत्युदर रहेको छ।

नेपालमा १.१ प्रतिशत मृत्युदर रहेको छ।

भुटानमा कुल संक्रमित मध्ये ९०.६ प्रतिशत निको भएका छन् । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान ९०.३, श्रीलंकामा ८२, अफगानिस्थानमा ८६.२, बंगलादेश ९२.६, माल्दिसमा ६१.३ र भारतमा ८६.२ प्रतिशत निको भएका छन् ।

नेपालमा ७४.६ प्रतिशत निको भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.