राष्ट्रपति कार्यालयको वेबसाइटबाट किन हटेका रैछन् महत्वपूर्ण सूचना ?

डिसी नेपाल
९ जेठ २०७८ १७:०९
276
Shares

काठमाडौं। राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड गरिएका महत्वपूर्ण सूचना एकाएक हटाएपछि खल्लिबल्ली भयो। मन्त्रिपरिषदको कार्यविभाजनको सूचनाm प्रतिनिधिसा सदस्यहरुलाई सरकार बनाउन आव्हान गरेको सूचना, सरकार बनाउनका लागि परेका दावीको सूचना, ती दावी खारेज भएको सूचना र प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरिएको सूचना राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका थिए।

शनिबार गाएका भएका ती सूचनाहरु आइतबार फेरि रिस्टोर भएका छन्। यस्तो कसरी भयो भन्ने प्रश्नको जवाफमा राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सूचना हटाइएको नभई प्राविधिक समस्या देखिएकाले साइटमा नदेखिएकोमात्र बताए। उनले डिसी नेपालसँग भने, ‘सूचना हटाइएको होइन, प्राविधिक समस्या भएपछि नदेखिएको मात्र हो। आज प्राविधिक समस्या समाधान गरेपछि सूचनाहरु यथावत देखिएका छन्।’

उनले साइटको एडमिनमा ती सूचनाहरु यथावत रहे पनि पब्लिक नभएको समस्या देखिएको बताए। तर, उनले कसैले जानजान हटाएको वा कुनै साइबर आक्रमण नभएको दावी गरे।

सूचना हटेको वेबसाइट



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.