नेप्सेमा १५.४३ अंकको गिरावट : २५४५ विन्दुमा ओर्लियो बजार, ४ अर्ब १९ करोडको कारोबार
काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज बुधबार नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर रोकिएको छ।
आज ३५२ कम्पनिका एक करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी अपरा लाहोर खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने शुभम पावरको शेयर ६.४० प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयर १४.९९ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४२ करोड ७६ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment