प्रतिनिधि सभा विघटनविरुद्ध रिट दर्ता गर्दै विपक्षी

डिसी नेपाल
१० जेठ २०७८ ९:२४
124
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा रहेका विपक्षी दलहरुले विघटनविरुद्ध सर्वोच्च अदातलमा रिट दर्ताको तयारी गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी गठवन्धमा रहेका पाँच दलले रिट दर्ताका लागि सांसदहरुको हस्तक्षर र नागरिकताको प्रमाणपत्र संकलन गरेका गरेका छन्।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि सांसद शेरबहादुर देउवाको समर्थन गरेका १ सय ४९ जना सांसदको नागरिकता र हस्ताक्षर गरिएको नेताहरुको भनाइ छ।

रिट दर्ताका लागि आज विपक्षी नेता देउवालाई समर्थन गर्ने सांसदहरु सर्वोच्च जाने तयारी भएको नेताहरूले बताएका छन्। आइतबार रीट निवेदन लेख्ने, सांसदहरुको नागरिकता, परिचयपत्र र हस्ताक्षर जुटाउने लगायतका कामले गर्दा नभ्याइएको रीट आज अदालत खुल्नासाथ पेश हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.