पीसीआर प्रयोगशालालाई प्रदेश सरकारबाट रु ५० लाख

डिसी नेपाल
१२ जेठ २०७८ २१:१४
52
Shares

दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पीसीआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास–१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले प्रदेश सरकारबाट नगरपालिकाको अभियानमा सहयोग भएको जानकारी दिए । यसअघि सङ्घीय सरकारको तर्फबाट पनि पीसीआर प्रयोगशालाका लागि रु २५ लाख बजेट विनियोजन भइसकेको छ । प्रयोगशालाका लागि नगरपालिकाका जनप्रतिनिधिले पनि एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *