सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए।
चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत भएका थिए।
पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि कांग्रेसमा प्रवेश गरेका थिए। विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले माघ ८ गते शपथ लिएका थिए। मल्लका एक छोरा र एक छोरी छन्।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment