हुम्लामा स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
१३ जेठ २०७८ ९:२१
44
Shares

हुम्ला । आधार नेपाल हुम्लाले रानीवन क्वारेन्टिन र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। जिल्लामा रहेको एक मात्र स्वास्थ्य सेवा कार्यालय हुम्ला र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको रानीवनमा रहेको क्वारेन्टिनलगायत आइसोलेशनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको आधार नेपाल हुम्लाका शिक्षा कार्यक्रम अधिकृत कुन्जोक लामाले बताए।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनमा सहयोग गर्न स्वास्थ्य सेवा कार्यालय हुम्लाले माग गरेअनुसार बुधबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र हुम्लाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको रोहवरमा उक्त सामग्री सहयोग गरिएको लामाले बताए। जिल्लाभरि कोभिड–१९ महामारीका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य सामग्री सहयोग गरिएको अधिकृत लामाले बताए।

आधार नेपाल हुम्लाले अक्सिजन कन्सन्टे«टर एक थान, केएन ९५ मास्क ५०० थान, सर्जिकल मास्क ६०० थान, स्यानिटाइजर ९६ बोतल, सर्जिकल पञ्जा ६०० थान, १० वटा पिपिइ सेट, पाँच जोर बुट, ३० वटा फेस सिल्ड, पेट्रोल १०५ लिटर र डिजेल १०५ लिटर उपलब्ध गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *