अनुदानको खोप लिन निगमको जहाज सोमबार बेइजिङ जाने
काठमाण्डौं। चीन सरकारले तत्काल उपलब्ध गराउने कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आगामी सोमबार बेइजिङ जाने भएको छ।
निगमको ए ३३० जहाज चीन सरकारले उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको खोपको १० लाख डोज खोप लिन चीन जान लागेको हो।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङसँग नेपाललाई आवश्यक खोप खरिदका लागि सजीकरण गरिदिन अनुरोध गरेकी थिइन्। दुवै राष्ट्रपतिबीचको छलफल पछि चीनले १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो।
यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment