सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार
फाइल
काठमाडौं। नेकपा एमाले केन्द्रले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाए पनि त्यसलाई उल्लंघन गर्दै एमालेबाट सरकारमा थप सांसदहरु मन्त्री बनेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्।
प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी नियुक्त भएका छन्।
त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपग ग्रहण गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment