नेपालले उपहारमा पायाे बराबरी गोल
काठमाडौं। नेपाल र इराकबीच इराकको बर्सामा जारी मैत्रीपूर्ण फुटबलमा नेपालले बराबरी गोल उपहारमा पाएकाे छ। खेलको ६ औं मिनेटमै नेपाल गोल खान पुगेको हो। इराकका खेलाडीले डि बक्स नजिकैबाट फ्रि किकमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका हुन्। त्यसको केही मिनेटमै नेपालले एक गाेल उपहारमा पाएकाे हाे। इराकी खेलाडीले आत्मघाति गोल गरेपछि नेपालले एक गोल उपहारमा पाएको हो। खेलको पहिलो हाफ जारी रहँदा एक एक गोल भएको छ।
खेलमा इराकी खेलाडीहरुको हाइटले निकै सहयोग पुर्याएको छ। इराक फिफा बरियतामा ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment