ईलामेलीले अमेरिकामा उठाए सत्र लाख

डिसी नेपाल
१६ जेठ २०७८ २१:१३
556
Shares

वाशिङटन डिसी। अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका करीब १०० ईलामेलीहरुले आफ्नो जिल्लाको कोरोना कहरमा सहयोग पुरयाउने उद्देश्यले करीब सत्रलाख नेपाली रकम बराबरको सहयोग जुटाएका छन्।

ईलामका लागि ईलामेली नाम दिइएको उक्त अभियान अमेरिका निवासी माधव गुरुङ, शेखर गुरुङ र गायक रोशन गुरुङको पहलबाट सबैलाई समेटी तिनपटकसम्मको जूम मिटिङमार्फत उक्त रकम संकलन गरिएको हो।

गायक जगदिश समाल, गायक/सङगीतकार केशब पौडेल, गीतकार ज्ञानेन्द्र गदाल, सबु गदाल, अग्रज भेषराज सिवाकोटी, पत्रकार बेनुप भट्टराई, बाल कुमारी घिमिरे लगायतका ब्यक्तित्वहरुबाट उक्त रकम जुटाइएको हो। ईलाम उधोग बाणिज्य संघको खातामा जम्मागरी उक्त रकमलाई गाउँगाउँसम्म पुरयाउनका निमित्त पहल गरिने उधोग बाणिज्य संघ इलामकाअध्यक्ष ईश्वरलाल चिपालुले बताए।

साथै नेपाल पत्रकार महासंघ ईलाम शाखाका अध्यक्ष बिप्लब भट्टराई र युवा सामाजिक अभियन्ता निरोज खडगीले बिदेशी भूमीबाट गाँस काटेर पठाइएको उक्त रकमको सही ठाउमा सदुपयोग गरिने कुरामा पहल, खवरदारी र निरीक्षण गरिने कुरा बताए। रकम संकलन अभियानका बिजेन्द्र गुरुङले आगामी दिनमा अमेरिका र क्यानाडामा बसोवास गर्ने ईलामेलीलेको मन्च गठन गरी संस्थागतरुपमा अगाडि बढेर आपत बिपत्तमा सहयोग आदानप्रदान गर्दै आफ्नो जिल्लालाई विश्वमाझ चिनाउँदै अघि बढनुपर्ने कुरामा जोड दिँदै चाडै नै सोतर्फ संस्थागत रुपमा लाग्ने कुरा बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *