सप्तरीमा कोरोना संक्रमण दर घट्दै

डिसी नेपाल
१८ जेठ २०७८ १७:११
48
Shares

सप्तरी। सप्तरीमा कोरोना संक्रमण दर घट्न थालेको छ। पछिल्लो एकसाता यता संक्रमित हुने दर झण्डै ५० प्रतिशत घटेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले जानकारी दिएका छन्।

कोरोनाको दोस्रो लहर चलेपछि सुरुमा ६०–६२ प्रतिशत संक्रमित हुने गरेकामा अहिले ३२–३४ प्रतिशतमा झरेको सूचना अधिकारी झाको भनाइ रहेको छ। पछिल्लो साता दैनिक ७४ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा मात्र कोरोना पोजेटिभ पाइने गरेको झाले बताए।

जेठ १३ गते १ सय १ जनाको परीक्षण गर्दा ३० पुरुष र ६ महिला गरी ३६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। १४ गते ९७ जनाको जाँचमा १६ पुरुष ७ महिलासहित २३ जनामा कोरोना पुष्टि भएको थियो।

यसैगरी १५ गते ४० जनामा कोरोना परीक्षण गर्दा १३ जना पुरुष चार महिला गरी १७ जना, १६ गते ४१ जनाको परीक्षणमा १२ पुरुष ५ महिला गरि १७ जना र १७ गते ९२ जनाको जाँचमा २३ पुरुष १३ महिला गरी ३६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको सूचना अधिकृत झाको भनाइ छ।

पाँच दिनभित्र कूल ३ सय ७१ जनाको परीक्षण गर्दा ९४ पुरुष र ३५ महिला गरी १ सय २९ जनामा संक्रमित भेटिएको हो। यो तथ्याकंले अहिले संक्रमण दर ३४ प्रतिशतमा झर्दा सुरुको संक्रमितको दर भन्दा झण्डै आधा हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *