कार्बन तथस्ट लक्ष्यमा वायु सेवा निगमको साथ

डिसी नेपाल
१९ जेठ २०७८ १९:४३
224
Shares

काठमाडौं। सन् २०५० सम्म कार्बन तटस्थताको लक्ष्य हासिल गर्ने नेपालको योजनामा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले साथ दिने भएको छ। निगमले बुधबार वक्तव्य जारी गर्दै उक्त लक्ष्य हासिल गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आकांक्षामा साथ दिने जनाएको हो।

‘राष्ट्रपतिज्यूको आकांक्षामा साथ दिँदै आगामी दिनमा वातावरणमैत्री क्रियाकलापहरुमा थप उत्साहसहित निगम अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छ’ प्रवक्ता करिश्मा श्रेष्ठद्वारा जारी व्यक्तव्यमा उल्लेख छ।

हवाइ उड्डयन क्षेत्रको अन्तर्राष्ट्रिय नियामक निकाय आइकाओसहित युरोपेली युनियन र दक्षिण एसियाली नागरिक उड्डयन साझेदारिताको पहलमा उत्सर्जन अनुगमन योजना (इएमपी)को स्वीकृति प्राप्त गरेको पनि निगमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *